FAQs Complain Problems

गाउँपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रमका लागि कृषि ऋणको ब्याजमा ८०% अनुदान कार्यक्रमको लागि अभिमुखिकरण एवंम अन्तर्क्रिया कार्यक्रम सम्पन्न

गाउँपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रमका लागि कृषि ऋणको ब्याजमा ८०% अनुदान कार्यक्रमको लागि अभिमुखिकरण एवंम अन्तर्क्रिया कार्यक्रम सम्पन्न

            गाउँपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रमका लागि कृषि ऋणको ब्याजमा ८०% अनुदान कार्यक्रमको लागि मिति २०७७।११।०२ गते अभिमुखिकरण एवंम अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यू,को अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी,बारपाक सुलिकोट गा.पा.वडा नं.७ का वडा अध्यक्ष कृष्ण गुरुङ, खाध्य सुरक्षा तथा पोषण कार्यक्रम प्रमुख दुर्गा प्रसाद पण्डित,ग्लोबल आ.ई.एम.ई.बैंक ताकुकोट शाखा प्रतिनिधि तेज बहादुर थापा, बारपाक सुलिकोट गाउँपालिकाका बिभिन्न शाखाका शाखा प्रमुख एवंम प्रतिनिधि साथै पालिकामा दर्ता भएका फर्मवाला र अगुबा कृषकहरुको उपस्थिति रहेको थियो।

             कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद पनेरुले स्वागत मन्तब्य दिंदै लाभान्वित समुहलाई गाउँपालिकाबाट लिएको सेवाको सहि सदुपयोग गर्न आब्हान गर्नुभयो भने ग्लोबल आ.ई.एम.ई.बैंक ताकुकोट शाखा र बारपाक सुलिकोट गाउँपालिका बिचको कृषि ऋणको ब्याजमा ८०% अनुदान सम्बन्धि सम्झौता पत्र पढेर सुनाउँदै बारपाक सुलिकोट गाउँपालिका लेखा शाखा प्रमुख कल्पना पौडेलले ऋण लिने कृषकहरुलाई ऋण लिएर अन्यन्त्र लगानी नगर्न खबरदारी गर्नुभयो। बारपाक सुलिकोट गाउँपालिकाको मुख्य आयस्रोत कृषि र पशुपालन नै रहेकाले उन्नत जातका पशुपालन गर्ने खोज्ने किसानहरुलाई गाउँपालिकाले सक्दो सहयोग साथै निरिक्षण गर्ने आश्वासन दिंदै बारपाक सुलिकोट गाउँपालिका पशु शाखा प्रमुख अमृत पोखरेलले फर्मवाला कृषकहरुलाई चौमासिक प्रतिबेदन पालिकामा पेश गर्न आग्रह गर्नुभयो साथै कृषकहरुले पेश गरेका समस्याहरु सुल्झाउने प्रतिवद्वता समेत जाहेर गर्नुभयो।बैंकको ऋण प्रक्रिया एवंम धितो प्रक्रियाको बारेमा सहभागिबाट उठेका प्रश्नहरुको जवाफ ग्लोबल आ.ई.एम.ई.बैंक ताकुकोट शाखा प्रतिनिधि तेज बहादुर थापाले दिनुभएको थियो।गाउँपालिकाको ऋण अनुदान र कर्जा प्रबाहको बारेमा जानकारी गराउँदै बैंकको धितो मुल्याङ्कनको बारेमा समेत कृषकहरुलाई प्रष्ट पार्दै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले कोरोना भाईरसका कारणले मर्का परेका लघु तथा साना उद्योगीहरुलाई प्रदेश मार्फत प्रदान गरिने ब्यबसायिक जीवन रक्षा कोष बारे जानकारी दिंदै सो मार्फत पनि ऋण लिन  ब्यवसायिहरुलाई आग्रह गर्नूभयो।  

            कार्यक्रमको अन्त्यमा कृषकहरुबाट उठेका सवालहरुको जबाफ दिंदै कार्यक्रमका अध्यक्ष एवंम बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यू,ले राम्रो काम गर्नेलाई पालिकाले अनुगमन गरी सत प्रतिसत ब्याज मिनाह गरिदिने र ब्यवसायिक ऋण लिएर सो ऋणलाई अन्यन्त्र लगानी गरेको पाईएमा सो ऋणको ब्याज तिर्न गाउँपालिका जिम्मेवार नहुने जानकारी गराउनुभयो ।साथै फर्महरुबिच सम्वन्वय बढाउन संजाल गठन गर्ने र संघिय तथा प्रदेश सँग सम्वन्वय बढाउन समेत आफूँले पहल गर्ने कुराको प्रतिवद्वता जनाउँदै  बैंङ्किङ प्रकृयामा समेत सहज बनाउन पहल गर्ने कुरामा आश्वासन दिंदै कार्यक्रमको समापन गर्नुभयो।

 

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: