२०७९ चैत्र २२ गते
बारपाक सुलिकोट गाउँपालिका गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो। बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा बग्दुल, स्वाँरामा आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ३, ४ वडा अध्यक्ष, शाखा प्रमुख, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो।
सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखा प्रमुखहरुले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा सहजिकरण सोच नेपाल मिडियाले गरेको थियो।