गाउँपालिकाका मुख्य सडकहरूका लागि वर्षायामको समयमा सडक हेरालु नियुक्त गरिएको छ ।
स-साना मर्मत सम्भार तथा समयमा भल निकासा सहि तरिकाले हुन नसकेकाले बाटाहरूमा बढी क्षति पुग्न गएका कारण हेरालुको व्यवस्था गर्न लागिएको हो । गाउँपालिकाद्वारा मुख्य सडक मर्मत सम्भार तथा हेरचाहका लागि सुरुमा ५ महिनाका लागि १७ जना सडक हेरालु नियुक्त गरिएको छ ।
सम्पूर्ण सडक हेरालुलाई अभिमुखीकरण तालिम प्रदान गरिनुका साथै सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री (गाडा, बेल्चा, गैति, कोदाली, घन, जावेल, कराई, टेप) तथा सेफ्टी किट (सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट, पन्जा, First-Aid Box) गाउँपालिका अध्यक्षद्वारा हस्तान्तरण गरिएको छ ।
वर्षायाममा पनि नियमित रुपमा सडक सुचारु राख्ने र सडक रेखदेख गर्ने प्रमुख उद्देश्य रहेको छ ।