FAQs Complain Problems

बहुक्षेत्रिय पोषण सम्बन्धि कार्यक्रमको पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका ताकुकोटमा  मिति २०७७।११।१८ गते बहुक्षेत्रिय पोषण सम्बन्धि कार्यक्रमको पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यूको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा बारपाक सुलिकोट गा.पा. उपाध्यक्ष सनमाया गुरुङ ज्यू, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी ज्यू, बारपाक सुलिकोट गा.पा. वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यहरु, प्रदेश संयोजक पवित्रा सापकोटा लगायत  अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेश  बहुक्षेत्रिय पोषण कार्यक्रमका  प्रदेश संयोजक पवित्रा सापकोटाले गर्नुभएको थियो। सुनौलो १००० दिनका आमा,बच्चा र किशोरकिशोरीहरुको समग्र स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाका निर्वाचित पदाधिकारीहरु र सम्बन्धित शाखा प्रमुख तथा वडा सचिव लगाएत सरोकारवालाहरु सहितको कार्यक्रममा गाउँपालिका तथा वडा स्तरमा  पोषण समुह गठन गरि बालबालिका तथा सुत्केरी महिलाको पोषणमा प्राथमिकता दिन गाउँपालिकाले प्रतिवद्वता समेत जाहेर गरेको छ। 

कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टज्यूले गाउँपालिकाबाट निर्माण हुने वार्षिक,आबधिक तथा क्षेत्रगत निति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ समाबेस गरी पोषणमैत्रि कार्यक्रमलाई प्रवाहिकरण गर्ने साथै निशुल्क तथा गुणस्तरिय उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र गाउँमा एक १५ शैयाको प्रसुती सहितको अस्पताल निर्माण गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो। साथै प्रदेश, संघ तथा अन्य निकायमा भएका कार्यक्रमको  सम्मन्वय गर्ने र विभिन्न तहमा भएका प्रतिवद्वता, कार्ययोजना कार्यान्वयनको सुनिश्वितताका लागि सहयोगी निकायबाट प्राप्त सहयोगलाई समेत प्रभावकारी अनुगमनको ब्यबस्था गर्ने बताउनुभयो। विद्यालय बाहिर रहेका किशोरीहरुलाई बिद्यालय फर्काउन वातावरण तयार गर्ने र बिद्यालय  फर्किन नचाहने / नसक्ने किशोरिहरुलाई सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कुरामा जोड दिंदै  बारपाक सुलिकोट गाउँपालिकाको उपाध्यक्ष सनमाया गुरुङज्यूले कार्यक्रमको समापन गर्नुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: