पूर्वाधार विकास शाखाका कार्य जिम्मेवारीहरू :
(अ) सडक तथा यातायात व्यवस्था सम्बन्धी कार्यहरूः
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गगता र लैङ्गगिक मैत्री यातायात प्रणालीको प्रबर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन
(आ) जलविद्युत, उर्जा सम्बन्धी कार्य
- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि प्रबर्द्धन
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलश्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था
(इ) सिंचाई तथा जलउत्पन्न प्रकोप सम्बन्धी कार्य
- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन
(ई) खानेपानी सम्बन्धी कार्य
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्था
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय
( उ ) उद्योग
- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्द्धन
- उद्यमशिलता प्रबर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन
(ऊ) खानी तथा खनिज
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन
- ढुंगा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुंगा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुंगा, गिट्टी, बालुवा, माटो, खरीढुंगा, फायर क्ले, स्लेट तथा नुन आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोगी सम्बन्धी दर्ता, अनुमती, नवीकरण, खारेजी र व्यस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन अभिलेख तथा व्यवस्थापन
- भौगर्भिक नक्सा प्रकाशन
बारपाक सुलिकोट गाँउपालिकामा कार्यरत प्राविधिक शाखाका कर्मचारीहरुको विवरण | |||||
क्र.स. | नाम थर | पद | कार्यक्षेत्र | ईमेल | फोन न. |
१ | अभिनव गौतम | इन्जिनियर | गा.पा. | abhutsav06@gmail.com | ९८४६२६५३७८ |
२ | इन्जिनियर | गा.पा. | |||
३ | सव-इन्जिनियर | गा.पा. | |||
४ | उज्वल गिरी | सव-इन्जिनियर | गा.पा. | ९८४९०३२६२४ | |
५ | अन्जु थापा | अ.सव-इन्जिनियर | वडा न. ५।६ | thapaanju1@gmail.com | ९८६२८१६२४७ |
६ | अ.सव-इन्जिनियर | वडा न. ७।८ | regankaji@gmail.com | ९८५६००००७५ | |
७ | विजय गुरुङ्ग | अ.सव-इन्जिनियर | वडा न. ७।८ | beejayagrg200@gmail.com | ९८५६०४१५५९ |
८ | सुनिल मोक्तान | अ.सव-इन्जिनियर | वडा न. ३।४ | ९८५६०४११६८ | |
९ | वसन्त भट्ट | खा.प.स.टे. | गा.पा. | bhattabasanta1@gmail.com | ९८४२९८१६४३ |
१० | प्रेम गुरुङ | अमिन | गा.पा. | premkumargurung100@gmail.com | ९८४०८०३८३३ |