FAQs Complain Problems

बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका भित्र पहिलो पटक निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास कार्यक्रम यहि मिति २०७७।०८।१५ गते सम्पन्न भएको छ । देशभरका ७५३ स्थानिय तह मध्ये एकैसाथ ३९६ स्थानिय तहमा ५ देखि १५ शैयाको अस्पतालको शिलान्यास हुन लागेकोमा बारपाक सुलिकोट गाँउपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास भएको हो। गाँउपालिका अध्यक्ष: बिष्णु प्रसाद भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाँउपालिका उपाध्यक्ष: सनमाया गुरुङ, नेपाल कम्युनिष्ट पार्टि बारपाक सुलिकोटका अध्यक्ष: नर बहादुर गुरुङ, बारपाक सुलिकोट ४ न. वडा अध्यक्ष: भिम बहादुर गुरुङ, बारपाक सुलिकोट ३ न. वडा अध्यक्ष: सुक बहादुर तामाङ, बारपाक सुलिकोट ६ न. वडा अध्यक्ष: बाबुलाल गुरुङ, प्रमुख प्रशासकिय अधिकृत: गौतम भण्डारी, कार्यपालिका सदस्य: जानुका पनेरु, बारपाक सुलिकोट गाँउपालिकाका विभिन्न वडाका वडा सदस्यहरु लगाएत अन्य कर्मचारी एवम् जनसमुदायहरुको उपस्थिति रहेको थियो। गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले अस्पतालको शिलान्यास गर्नुभएको हो । सो कार्यक्रममा स्थानिय बुद्दिजिवि तथा हिमालय मा.बि. सौरपानिका स.प्र.अ. रमेश कोईराला, वडा न.३ का वडा अध्यक्ष :सुक ब. तामाङ, ४ न. वडा अध्यक्ष: भिम बहादुर गुरुङ, ६ न. वडा अध्यक्ष: बाबुलाल गुरुङ, ने.क.पा. पार्टि अध्यक्ष: नर बहादुर गुरुङ, उपाध्यक्ष: सनमाया गुरुङ लगायतले अस्पतालले विकासको लहर सँगै रोजगारिका अवसरहरु सिर्जना गरेको र आफ्नै गाँउपालिकामा १५ शैयाको अस्पताल बन्न लाएकोमा खुशि प्रकट गर्नुभयो। कार्यक्रमका अध्यक्ष एवम गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले सँघिय र स्थानीय सरकारको समन्वयमा बारपाक सुलिकोट गाउँपालिकाको हुँडिफाँटमा अस्पताल शिलान्यासको काम अगाडि बढेसँगै गाउँपालिकावासीमा नयाँ आशा जगाएको बताउनुभएको छ ।साथै २ वर्षे योजना रहेको सो अस्पताल निर्माणका लागि यस यस वर्षका लागि ४ करोड २ लाख निकासा आईसकेकोले छिट्टैनै ठेक्का प्रकृयाबाट अस्पताल निर्माणको कार्य सुरु गरिहाल्ने जानकारी दिनुभयो। उहाँले दिर्घकालिन सोचका साथ कार्यहरु अगाडि बढाईने कुरामा जोड दिदै समय तालिका भित्र अस्पताल निर्माण सम्पन्न गरेर सेवा दिने कुरामा प्रतिबद्धता जनाउदै अन्य जनप्रतिनिधी,जग्गादाता,बुद्दिजिवि एबम सरोकारवालाहरुलाई आवश्यक सहयोग गर्नुहुन आग्रह गर्नुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: